काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव डा.बेदुराम भुसाल बन्ने निश्चित भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।
महासचिवमा डा. भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेल लगायतले आकांक्षा राखेका थिए ।
एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय