भोलिसम्म मन्त्रीपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १८ : ०७
भोलिसम्म मन्त्रीपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार (भोली) सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भईसक्ने बताएका हुन ।

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोली बिहीबारसम्म मन्त्रीपरिषदलाई पूर्णता दिईसक्ने बताउनु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले भने, ‘अध्यक्षले हालको स्थितिबारे बारेमा बैठकलाई जानकारी गराए । सरकार अध्यादेशको कारणले अलि डिले भएको थियो । यो काम करिव करिव सिद्धिएको छ । मेरो विचारमा आज वा भोलिसम्ममा यो सरकारको विस्तारको काम सिद्धिन्छ । यो रिर्पोटिङ अध्यक्ष कमरेडबाट भएको छ । र मुख्य एजेण्डा आजको के थियो भने हाम्रो प्रवास समिति छ । त्यसले एउटा निर्देशिका बनाएको छ । प्रवासको काम कसरी सजिलो पार्ने भनेर प्रवास निर्देशिका बनायो । त्यो निर्देशिकाका ६ वटा उपक्षेत्र जस्तो एउटा क्षेत्र भारतलाई मान्ने, त्यसपछि पूर्वी एशीया, पश्चिम एशिया, युरोप, अमेरिका र अर्को केन्द्रिय कार्यालयमा पहिला पनि काम गर्नु भएका डोरप्रसाद पौडेललाई राख्ने निर्णय पनि भएको छ । अध्यादेशको विषयमा भोली पार्लियामेन्ट बस्दैछ ।’

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिए । माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका थिए  ।

 

 

प्रतिक्रिया दिनुहोस