काठमाडौँ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घरदेखि पाँच मिटर पश्चिमपट्टि रहेको आफ्नै पोखरीमा नुहाउने क्रममा उनी डुबेका थिइन् ।
निजको आफ्नै काका रामकुमार चौधरीले पोखरीमा डुबेको देखेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाँदा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ । पोखरीमा भाडा मस्काउन जाँदा छारे रोग भई पानी देखी अचानक लडेपछि उनी डुबेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ असोज २०७८, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु