काठमाडौँ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घरदेखि पाँच मिटर पश्चिमपट्टि रहेको आफ्नै पोखरीमा नुहाउने क्रममा उनी डुबेका थिइन् ।
निजको आफ्नै काका रामकुमार चौधरीले पोखरीमा डुबेको देखेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाँदा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा समेत सार्वजनिक पोखरीमा बस्ने अमृत सदाको ३० वर्षीया छोरी लक्षनकुमारी सदाको डुबेर मृत्यु भएको छ । पोखरीमा भाडा मस्काउन जाँदा छारे रोग भई पानी देखी अचानक लडेपछि उनी डुबेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ असोज २०७८, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु