नेकपा (एकीकृत समाजवादी) को प्रतिवेदन : ओली र एमाले प्रमुख दुस्मन (पूर्णपाठ)

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, २० : ३०
नेकपा (एकीकृत समाजवादी) को प्रतिवेदन : ओली र एमाले प्रमुख दुस्मन (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरेको छ । समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ ।

केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगमी निर्वाचनसम्म अहिलेको गठबन्धनलाई कायमै राख्ने बताइएको छ । 

याे पनि ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे प्रदेश १ र बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्छ : माधव नेपाल प्रदेश १ र बागमतीमा हाम्रो नेतृत्वमा सरकार बन्छ : माधव नेपाल

यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ । अर्कोतर्फ वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस