काठमाडौं । एमाले विभाजन पछि कर्मचारी संगठनमा पनि विभाजन आएको छ । दुवै पक्षले असोज २ यता आ –आफनो समुह मजवुत बनाउँदै संगठनलाई पूर्नसंरचना गरेपछि सिंह्दरबारको मुखैमा रहेको नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवन कुन पक्षले कब्जा गर्ने भन्ने विवादमा छ ।
विवाद बढ्दै जाँदा दुई पक्षबीच सोमबार साँझ झडप भएको छ । कार्यालयमा तोडफोड समेत भएको छ । दुवै पक्षका कर्मचारी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । ओली पक्षले संगठन पूर्नसंरचना गदै अध्यक्ष केदार देवकोटालाई चयन गरेको थियो । तर माधव नेपाल नेतृत्वको नकेपा एकीकृत समाजवादीको अध्यक्षमा रेवन्त गौतम छन् ।
दुवै पक्षले आफुहरु आधिकारिक रहेको भन्दै कार्यालय कब्जा गर्ने योजना बनाएपछि झडप बनाएका हुन् । सिंहदरबारको पश्चिम गेट अगाडि रहेको संगठनको कार्यालय भवनमा दुवै पक्षका बीचमा नाराबाजी र झडपको अवस्था भएपछि प्रहरी पुगेको हो । प्रहरीले दुवै पक्षका नेताहरुलाई पक्राउ गरेको छ ।
ओली निकटका अध्यक्ष केदार देवकोटासहित संस्थापन पक्षका कर्मचारीलाई अनमानगरस्थित प्रहरी कार्यालयमा लगिएको छ भने नेकपा एस पक्षका अध्यक्ष रेवन्त गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । संगठनमा पूर्व अध्यक्ष मोहन घिमिरेले आफूहरुलाई महेश बस्नेतका गुण्डा लगाएर कार्यालयमा प्रवेश गर्न नदिइएको र प्रहरीले पक्राउ गरेको बताए । उनले भोलि पनि कार्यालयमा जाने बताए ।
कर्मचारी संगठन विभाजनसँगै आधिकारिकताको विवाद बढेको छ । घिमिरे पक्ष आधिकारिकता दाबी गर्दै श्रम कार्यालयमा गएको छ । यसैबीच एमाले सचिव शेरबहादुर तामाङले वक्तब्य जारी गरेर अनाधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोड्फोड् र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईराला लगायतका पदाधिकारीहरुलाई हातपात समेत गरेको भन्दै घटनाको भत्र्सना गरेको छ ।
‘घटनामा संलग्न आक्रमणकारी समुहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको रआक्रमणकारी समुहलाई कानून बमोजिम कारवाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि आफ्नो कार्यालयमा के भएछ भनी हेर्न आएका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको सुनियोजित घटना प्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।
तत्काल नियन्त्रणमा लिएका संगठनका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई रिहा गरी अक्रमणमा संलग्न समुहलाई कारवाही गर्न जोडदार माग गर्दछ ।’ तामाङले सोमबार राती जारी गरेको वक्तब्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असोज २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी