काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ असोज २०७८, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प