आक्रामक रुपमा बजार अनुगमन गर्दै भरतपुर महानगर, म्याद सकिएका खाद्य बस्तु बेच्छन् व्यवसायी

प्रकाश सिग्देल

सोमबार, ०४ असोज २०७८, १३ : ०१
आक्रामक रुपमा बजार अनुगमन गर्दै भरतपुर महानगर, म्याद सकिएका खाद्य बस्तु बेच्छन् व्यवसायी

चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिएको छ । उपभोक्ताबाट ब्यापक गुनासोहरु आउन थालेपछि बजार अनुगमनलाई तिब्रता दिदै उपभोक्ता हित विपरितका कार्य गर्ने व्यवसायीहरुलाई कारबार्ही गर्न थालिएको भरतपुर महानगरका अनुगमन समितिका संयोजक थानेश्वर सापकोटाले बताए । सोमबार बालकुमारी तरकारी बजारमा माछा मासु पसलहरुको अनुगमन गरेको र मुखिया मिट सप्लार्यसबाट अखाद्य रगं बरामद गरेको सापकोटाको भनाई छ ।  

त्यस्तै अनुगमनका क्रममा धर्मचोकको न्यु खरेल ईन्टरप्राईजेजमा म्याद नाघेका खाद्य सामाग्री बरामद गरिएको उनले बताए । त्यहाँबाट चोकोपन १२ प्याकेट , ल्याक्टोजिन ६ प्याकेट , मुग दाल ४१ प्याकेट बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै लक्ष्मि मदिरा पसलमा ५ वटा  १२ सिर्गे क्यान बियर म्याद सकिएको फेला परेको पनि काफ्लेले बताए । त्यसलाई बरामद गरी बिल सहित कार्यालयमा हाजिर हुन निर्देशन गरेको काफ्ले बताउँछन् ।

महानगरले भरतपुर महानगरको २९ नम्वर वडा जुगेडीका बिभिन्न होटल मदिरा पसल र किराना पसलहरुको पनि अनुगमन गरिरहेको उनले बताए । त्यस्तै रामनगरको थकाली भान्साघरमा पनि अनुगमन गरेको बताइन्छ । अनुगमनका क्रममा होटलहरुमा सरसफाईमा ध्यान नदिएको पाईएको सापकोटाले बताए ।

सबैलाई आफुहरुले निर्देशन दिएको र फेरी पनि लापरबार्ही भए कारबार्ही गरीने उनी बताउछन् ।कोरोनाका कारण बजार अनुगमन पनि नभएको मौका छोपी व्यवसायीहरुले म्याद गुज्रेका र अखाद्य बस्तु मिसिएका गुणस्तर हिन खाद्य सामाग्री बिक्री गर्ने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

नगर प्रहरी अधिकृत तथा अनुगमन समिति सदस्य असई कृष्ण प्रसाद सापकोटाले अनुगमनका क्रममा आफुहरुले पहिलो चरणमा सचेतना दिने काम लाई प्राथमिक्ता राखेको र पटक पटक पनि गल्ति गरेको भेटिएमा नगद जरिवाना समेत गर्ने गरेको बताए ।  

बजार अनुगमन लाई निरन्तर अगाडी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस