काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ । बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् ।
सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।
सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । सभामुखले एमाले विरोधका बीच सदनको कारवाही अघि बढाएका छन् ।
विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असोज २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार