ओमानमाथि नेपालको सानदार जित

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, २१ : ०९
ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीलाई सात विकेटले हराएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ओमानलाई पहिलोपटक हराएको हो । यसअघि ओमानसँग तीनपटक भिडेकामा नेपाल सबैमा पराजित भएको थियो । करण केसी र सन्दीप लामिछानेको घातक बलिङपछि आइतबार नेपालले पहिला ब्याटिङ गरेको ओमानलाई ३७.१ ओभरमा १२१ रनमा समेटेको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयागमा ५२ रन बनाए । त्यस्तै आसिफ शेखले ४० रन बनाए । ४४ बल खेलका उनले ७ चौका प्रहार गरे । नेपालका लागि रोहित पौडेलले र कुशल भुर्तेलले समान ६–६ रन बनाए । 

त्यस्तै आसिफ शेखले ४० रन बनाउँदा कुशल भुर्तेतले ६ रन बनाए । बलिङतर्फ ओमानका लागि नेस्टोर धम्बाले दुई विकेट लिए । त्यस्तै कलेमगल्लाहले एक विककेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरको ओमानले ३७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १२१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस