सन्दीप र करणको घातक बलिङले ओमान १२१ रनमै अलआउट

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १९ : १६
सन्दीप र करणको घातक बलिङले ओमान १२१ रनमै अलआउट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ । 

 करण केसी र सन्दीप लामिछानेले घातक बलिङ गर्दै चार/चार विकेट लिएपछि अल अमेरत क्रिकेट मैदानमा ओमान १२१ रनमा अलआउट भयो । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली ३७.१ ओभर खेल्दै १२१ रनमा समेटियो । नेपालका लागि सन्दीपले ८.१ ओभरमा २ मेडन राख्द‌ १८ रन खर्चेर ४ विकेट लिए ।

करणले ८ ओभ,मा १ मेडन राख्द‌ २५ रन खर्चेर ४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए । ओमानका कप्तान जिसान मक्सुदले सर्वाधिम ४१ रन बनाए ।

प्रतिक्रिया दिनुहोस