काठमाडौं । हाल नेपालको मौसममा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण आइतबार बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असोज २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?