चितवनमा दुई करोडको लगानीमा रामलाल भुसालले खोले दाना उद्योग

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १९ : २०
चितवनमा दुई करोडको लगानीमा रामलाल भुसालले खोले दाना उद्योग

चितवन । पोल्ट्री व्यवसायी रामलाल भुसालले चितवनमा झन्डै दुई करोडको लगानीमा दाना उद्योग खोलेका छन् । पोल्ट्रीको राजधानी चितवनमा भुसालले भुषाल फिड इण्डष्ट्रिज प्रालि नामको दाना उद्योग सञ्चालनमा ल्याएका हुन् । विगत डेढ दशकदेखि पोल्ट्री क्षेत्रमा नै सक्रिय व्यवसायी रामलाल भुषालको एकल लगानीमा भुषाल फिड इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएको  हो । 

भुषाल फिड इण्डष्ट्रिज प्रालिको उत्पादनमा ‘भुषाल मास दाना’ व्राण्डमा उच्च गुणस्तरीय पोषणयुक्त दाना उत्पादन सुरु भएको  भुषालले बताए । झण्डै दुई करोडको लगानी भरतपुर–६ गीतानगरमा दाना उद्योग खोलिएको हो । दाना अण्डा उत्पादन गर्ने लेर्यस कुखुरा, बोइलर प्यारेन्ट र गाईवस्तुको लागि निकै फलदायी हुने अध्यक्ष भुषालको भनाइ छ । 

भुषाल फिडको आज एक भव्य समारोहका बीच प्रदेश सासंद घनश्याम दाहाल अविनाशले उद्घाटन गरेका थिए । कार्यक्रममा अविनासले पोल्ट्रीबाट आत्मनिर्भर बन्दै किसानले नै उद्योग खोल्नु् खुसीको कुरा भएको बताए ।  उनले सरकारले समेत किसानलाई प्रोसाहन गर्ने गरी नीति ल्याइरहेको बताए । उनले नयाँ उद्योग खोलिनुले यो पेशामा थप आर्कषण बढेको बताए । 

मकै, भट्मास, डुटो र सूर्यमुखी पिना, सोया आयल, डिओसी लगायत पशुपक्षीलाई प्रत्यक्ष फाइदा पुग्ने कच्चापदार्थको समिश्रण गरी उत्पादन भैरहेको निर्देशक लक्ष्मी भुषालले बताइन् । उनले किसानको पहिलो रोजाइ बन्न सक्ने पनि दावी गरिन् । यस्तै कुखुरालाई चाहिने भिटामिन, मिनिरल्स तथा भ्याक्सिनहरु अलग्गै प्रयोग गरिरहेकाले कुखुरामा विभिन्न रोगहरुका निदानको उपायको रुपमा भुषाल फिडले सो मिनिरल्स दानामै मिसाइने भएकोले पशुपक्षीका लागि गुणस्तरीय रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा रेवन्तकुमार भट्टराईले बताए । 

कार्यक्रमका सहभागीहरुले भुषाल दानाले पशुको स्वस्थ्यमा राम्रो गर्ने भएकोले किसानलाई प्रयोगमा ल्याई फाइदा लिन अनुरोध समेत गरेका थिए । अर्का प्रदेश सासंद रामलाल महत्तो विशिष्ट अतिथि रहेको उद्घाटन समारोहमा नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, भरतपुर वडा नं ६ का वडा अध्यक्ष हरिविलाश कोइराला, वडा नं १३ का प्रकाश दवाडी, उद्योगी, व्यवसायीहरु, जनप्रतिनिधिहरुलगायत विभिन्न स्थानका कुखुरा पालक किसानहरुको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुलाई स्वागत उद्योगका कर्मचारी विन्दु श्रेष्ठले गरेका थिए ।  पोल्ट्रीजन्य उत्पादन बिक्री वितरणमा समेत ख्याती कमाएको भुषाल सप्लार्यसकै अर्को कम्पनी भुषाल फिड आएसगैँ किसानहरु आफ्नै आँखाले देखर गुणस्तरीय दाना पाउनेमा विश्वस्त भएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस