कोरोना अपडेट : थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १७ : ४३
कोरोना अपडेट : थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।

शनिबार १ हजार २३४ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार ८२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५४० पीसीआर तथा २ हजार ८१८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस