समन्वय अभावले पुनर्निर्माणमा समस्या भएको मेयर शाक्यको भनाइ

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १५ : ५२
समन्वय अभावले पुनर्निर्माणमा समस्या भएको मेयर शाक्यको भनाइ

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभाग र गुठीहरूसँग समन्वय हुन नसक्दा सम्पदाहरूको पुनर्निर्माणमा समस्या भएको बताएका छन।

इनाखास्थित गणेश मन्दिर उद्घाटन गर्दै मेयर शाक्यले गुठीको नाममा धेरै सार्वजनिक जग्गा रहेकाले महागरपालिकालाई भाडामा दिन आग्रह गरे ।महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उनले प्राथमिकताका साथ भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निमाण गरिहेको बताए ।

काठमाडौं घुम्न आउने पर्यटकलाई यहाँका पुरातात्विक र ऐतिहासिक विषयहरूको बारेमा जानकारी दिनका लागि पनि यहाँका ऐतिहासिक सम्पदा जोगाउनुपर्नेमा उनको जोड छ । काठमाडौंभित्रका सम्पदालाई पर्यटनसँग जोड्ने महानगरको उद्देश्य रहेकाले उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्विक तथा ऐतिहासिक सम्पदालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताए । महानगरपालिकाले अहिलेसम्म २१ वटा गढोश मन्दिर पुनर्निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस