कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।
अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई प्रदेश प्रमुख गङ्गा प्रसास यादवले शुक्रबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएक हुन् । अर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई प्रदेश प्रमुख र अर्थ राज्य मन्त्री बोहरालाई मुख्यमन्त्रीले सपथ गराएका हुन् ।
तामाङ प्रमुख सचेतक रहेकै वेला दलका नेता रहेका शाहले उनलाई उक्त जिम्मेवारीबाट हटाएका थिए । अहिले तिनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् । नेकपामा बिबाद हँुदा पनि ओली पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई विश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।
भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्रीबाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् । तारालामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपामा विवाद हँदा ओली पक्षमा थिइन् ।
अहिले प्रदेशमा माओवादी केन्द्र र नेकपा एसको सरकार छ । माओवादीको तर्फबाट मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री छन् भने शुक्रबार दुई मन्त्री नियुक्त भएसंगै नेकपा एसकाको भागमा चार मन्त्री र तीन राज्यमन्त्री पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असोज २०७८, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी