काठमाडौं उपत्यकामा थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १६ : ३२
काठमाडौं उपत्यकामा थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार १ हजार ३५१ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस