चाँदे हिमालमा हावाहुरीले उडाउँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १६ : १८
चाँदे हिमालमा हावाहुरीले उडाउँदा एकजनाको मृत्यु

जाजरकोट । जुनिचाँदे गाउँपालिका-१ बाट चाँदे हिमालको नदैडावमा तीर्थयात्रामा गएका एकजनाको मृत्यु भएको छ ।

हावाहुरीले हुत्याउँदा जुनिचाँदे(१ काब्राका औवान रावतको मृत्यु भएको हो । अर्का तीर्थयात्री लोकलोकबहादुर रावत गम्भीर विरामी भएको गाउँपालिकाकाका शिवा आचार्यले जानकारी दिए ।

३० भदौमा २५ जना गाउँले तीर्थका लागि चाँदे हिमालको नदैडावमा गएका थिए । अहिले रावतको शव र विरामीलाई तीर्थमा गएका स्थानीयले बोकेर धननाँसी ल्याइएको छ । बिरामीको अवस्था गम्भीर भएको खबर आएको आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले प्रहरी टोली पठाउने तयारी भएको बताए । 

प्रतिक्रिया दिनुहोस