कोरोना अपडेट : थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, १६ : ५४
कोरोना अपडेट : थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै विगत २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।