'दोष' को फिमेल भर्सनमा प्रविशा अधिकारीको आवाज (भिडियोसहित )

सफल खबर संवाददाता

बुधबार, ३० भदौ २०७८, १६ : ३६
'दोष' को फिमेल भर्सनमा प्रविशा अधिकारीको आवाज (भिडियोसहित )

काठमाडौँ। गायिका प्रविशा अधिकारीले गीत दोषुको फिमेल भर्सनमा आफ्नो आवाज दिएकी छिन्। गीतमा धर्मेन्द्र तिम्सिना क्षितिजुको शब्द तथा रोशन सिंहको संगीत रहेको छ। गीतको संयोजन बिशाल निरौलाले गरेका हुन्।

गीतको भिडियोमा सनम कठायत,समिक्षा छेत्री,कमला ठकुरी,साहना ठकुरी,सरु कुँवर,सन्दीप आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतको भिडियो अन्जन शर्माको निर्देशन तथा सन्तोष पोखरेलको सहनिर्देशनमा तयार भएको हो। गीतको मेल भर्सन प्रमोद खरेलले गाएका हुन्। गीत युट्युब च्यानल एभेरेस्ट ग्यालेरीमा उपलब्ध छ।

 

प्रतिक्रिया दिनुहोस