शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, २२ : २२
शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

काठमाडौं । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन् । 

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजि मुकुन्द आचार्यले रुपन्देही प्रहरी कार्यालयमा जाहेरीसहित आएको कुरा बुझीएको र घटना भएकै जिल्लामा  जाहेरी दिन प्रहरीले भनेको बताए ।

डिआइजी आचार्यले कानुन बमोजिम कार्यविधि पुर्याएर जाहेरी आएमा मुद्धा दर्ता हुने र कारबाहि प्रकृया अघि बढ्ने जानकारी दिए ।

`रुपन्देही प्रहरीमा जाहेरी आएको बुझियो, प्रहरीले घटना भएकै जिल्लामा गएर मुद्धा दर्ता गर्न पिडितलाई भनेका छौ-डिआइजी मुकुन्द आचार्यले भने-`कानुन बमोजिम आउने जाहेरी प्रहरीमा दर्ता हुन्छ, ढुक्क हुनुहोस ।´

प्रतिक्रिया दिनुहोस