गण्डकीमा २०१ जना सङ्क्रमण मुक्त

रासस

मंगलबार, २९ भदौ २०७८, २० : ३३
गण्डकीमा २०१ जना सङ्क्रमण मुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४१ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा प्रदेशको नवलपरासी पूर्वजिल्लाको गैँडाकोट नगरपालिका वडा नं १७ की ६२ वर्षीय महिला हुनुहुन्छ । निजमा भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३३ पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८१ छ भने होम आइसोलेशनमा एक हजार ४४२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस