दैलेखमा शिक्षकको विभत्स हत्या

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, २० : २१
दैलेखमा शिक्षकको विभत्स हत्या

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ ।

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठका अनुृसार मंगलबार  विद्यालय प्रांगणमै उनको शव भेटिएको हो । स्कुल प्रांगणमा विभत्स रुपमा शिक्षकको शव भेटिएको हो । 

धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ । उनीहरु विद्यालयसँगै जोडिएको पसल सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस