कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ५६२ जना संक्रमित थपिए, १९ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १६ : ४८
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ५६२ जना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ५ सय ६२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार कोभिडको कारण थप १९ जनाको मृत्यु भएको छ । १५८९ जना निको भएका छन् । मंगलबार संक्रमण दर १०.८१ प्रतिशत छ । तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या आजसम्म २६ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

कूल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख ७९ हजार पुगेको छ ।