‘केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १६ : ०३
‘केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण

काठमाडौं । ‘केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । कुल ६ हजार ३१७ जनाले लिखित परीक्षा दिएकामा सो संख्यामा उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा १ हजार ३९५ जना महिना र ६४४ जना पुरुष रहेका छन् । 

उत्तीर्ण भएकाको उचाई तौल तथा अन्तर्वाता भदौ १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले दिएको जनाएका छ । विभागका अनुसार उक्त मितिमा हुने अन्तवार्ता बिहान ८ देखि दिउँसो २ बजेसम्म हुनेछ ।

अन्तवार्ता व्यवसायीक सिप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा हुने विभागले जनाएको छ । विभागले साउन १२ देखि इजरायल जान चाहनेहरुका लागि खुलाएको आवेदनमा कुल ७ हजार ९ जनाको दरखास्त दिएका थिए ।

प्रतिक्रिया दिनुहोस