अमेरिका उच्च अध्ययन गर्न गएकी नेपाली चेली नौसेनाकी कमान्डर पदमा बढुवा

एजेन्सी

सोमबार, २८ भदौ २०७८, १६ : ०८
अमेरिका उच्च अध्ययन गर्न गएकी नेपाली चेली नौसेनाकी कमान्डर पदमा बढुवा

अमेरिका उच्च अध्ययन गर्न गएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा बढुवा भएकी छिन । अमेरिकामा आई जलसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला सम्भवत पहिलो नेपाली हुन् ।

अहिले सम्म कै जानकारी र सोध खोज अनुसार बास्तोला अमेरिकी सेना तथा नौसेना मै कमान्डर पद अर्थात् उक्त दर्जामा पुग्ने पहिलो नेपाली हुने अवसर पाएकी छिन । त्यसमा पनि नेपाली महिला ।

उनको पदोन्नति गत सेप्टेम्बर १ ,२०२१ देखि भएको हो । उनलाई कमान्डर बोर्ड समितिले छनौट गरे पछि बढुवा भएको उनले बताइन । सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागी गएकी बास्तोला सुरुमा हवाई त्यसपछि हवाईबाट भर्जिनिया राज्यमा गएकी हुन् ।

उनि जलसेनामा भएकोले उनको काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ । अहिले सम्म उनले ३ वटा जहाजहरुमा काम गरि सकेकी छिन भने तिनीहरुमा युएसएस चेफी,युएसएस हेरी एस ट्रुम्यान रहेका छन् । हाल उनि युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत छिन् ।

उनको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक ९संभारिकी० आपूर्ति गर्नु लगायत पर्दछ । उनि सन् २००६ देखि नौसेनामा भर्ना भएकी हुन् ।सन् २००४ मा अमेरिकी नागरिकता लिएकी बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन ।

उनले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरे वापत उनको योगदानको कदर गर्दै विभिन्न प्रशंसा पुरस्कार लगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गरेकी छिन ।उनी हाल सेसापिक भर्जिनियामा श्रीमान र आमासंग बस्छिन्।

प्रतिक्रिया दिनुहोस