सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’ को शुभारम्भ

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १८ : ०७
सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’  को शुभारम्भ

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहक वर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता Century Remit Premium Accountको शुभारम्भ गरेको छ । रु.१,०००/– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथ साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, ATM  र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । 

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहक वर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्स बाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ । 

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस