कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १६ : २२
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ।

आइतबार १ हजार ४२३ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार ७५७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ८ सय ७८ पीसीआर तथा ३ हजार १ सय ४० एन्टिजेन परीक्षण भएको छ।