सुदूरपश्चिममा २० सङ्क्रमित थपिए

रासस

शनिबार, २६ भदौ २०७८, २१ : १६
सुदूरपश्चिममा २० सङ्क्रमित थपिए

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आज सङ्क्रमितमध्ये १८ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको थियो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १४ र डडेल्धुरा अस्पतालमा गरिएको चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुर र कैलालीका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशभर १४ जना सङ्क्रमण मुक्त भएका छन् ।  यसअघि शुक्रबार सुदूरपश्चिमका १३ जनामा सङ्क्रमण पुष्टि हुँदा १६ जना सङ्क्रमणमुक्त भएका थिए ।