काठमाडौं । काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।
नागरिक दैनिकका अनुसार काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा प्रमुख रामप्रसाद सुवेदीले जनाए।
उनले भदौ २८ गतेभित्र सबै पालिकाले सूचना संकलन गरी कोभिडको अवस्था विश्लेषण गरिने काम अघि बढेको बताए। उनका अनुसार अवस्थाको विश्लेषण गरी कुन मोडेलबाट विद्यालय सञ्चालन गरिने भन्ने तय गरिनेछ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ भदौ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन