कोरोना अपडेट : देशभर थपिए १ हजार १४६ संक्रमित, २१ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १६ : ५१
कोरोना अपडेट : देशभर थपिए १ हजार १४६ संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ । तीमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने हालसम्म १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २८०, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस