काठमाडौँ । बितेको २४ घण्टामा देशभर १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८४५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनामा परीक्षण गर्दा १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७४ हजार ५८७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार २१९ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ भदौ २०७८, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै