नयाँदिल्ली । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।
एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ । बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ ।
असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ भदौ २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल
शिक्षकहरूको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन गर्ने झलनाथको चेतावनी
मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन : झलनाथ खनाल