असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुला हुने

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १६ : ४४
असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुला हुने

काठमाडौँ । काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ,प्रजिअ अधिकारीले  भने । बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्न सक्ने उनले बताए ।कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।

प्रतिक्रिया दिनुहोस