पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्– लडाइ जारी छ

एजेन्सी

सोमबार, २१ भदौ २०७८, १२ : ३०
पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्– लडाइ जारी छ

काबुल । तालिवानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जशिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिवानको दाबीलाइ अफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत चार दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ ।

तालिवानले पन्जशिरमा विजय हाँसिल गरेको भन्दै अफगानिस्तान अब युद्धको दलदलबाट बाहिरिएको दाबी गरेका छन् । ‘विजयसँगै हाम्रो देश युद्धको दलदलबाट बाहिर निस्किएको छ,’ तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले भने ।

तर, फोर्सले भने तालिवानको दाबी अस्विकार गर्दै युद्ध जारी राख्ने जनाएको छ । अहिले रणनीतिक ढंगले युद्ध जारी रहेको भन्दै फोर्सले भनेको छ, ‘तालिवानबिरुद्धको युद्ध जारी रहनेछ ।’ यसअघि फोर्सले आफ्नोतर्फ ठूलो क्षति सामना गरेपछि तालिवानसँग शान्तिवार्ताको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको थियो । 

प्रतिक्रिया दिनुहोस