खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १८ : १०
खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका दिलसेर राई र खड्गसिं राईलाई पक्राउ गरेको हो ।

दिलसेरले गोठमा र खड्गसिंले घरमा अवैध भरुवा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले शनिबार दुई जनालाई नियन्त्रणमा लिएको हो । 

खानतलासी गर्दा उनीहरुको घर तथा गोठबाट एकरएक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।भरुवा बन्दुकसहित पक्राउ परेका राईद्वयलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस