काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ।
आइतबार १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै