'जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १२ : ४२
'जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा

जुम्ला । नेकपा (एकीकृत समाजवादी) पार्टी जुम्लाले एमालेबाट ७० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा समाहित भएको दाबी गरेको छ । 

एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई  जना  निर्वाचिन  जनप्रतिनिधि र  एक जना मनोनित सदस्यबाहेक सबै समाजवादीमा समाहित भएको दाबी नेकपा (एस) जुम्लाले पत्रकार सम्मेलनमार्फत गरेको छ । सबै  संगठनहरु पनि समाजवादीमा रहेको दाबी छ । 

एमालेतिर हाल मेनका पछाई, लाल भट्टराईमात्रै रहेको र मनोनित सदस्य धिर बोहोरालाई पार्टीले  यसअघि नै निष्काशन गरिसकेको बताइएको छ । यी बाहेक युवा संघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ,प्रध्यापक संघ,शिक्षक संगठन,निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादीतिरै रहेको दाबी नेकपा (एस) को छ । 

एमालेका जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा,उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो एमाले जिल्ला कमिटी समाजवादीमा समाहित भएको घोषणा गरेका छन् । 

सचिव न्यौपानेले जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको दाबी गरे । उनले, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जितेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन् । केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले २२ भदौसम्म गर्ने  तयारीमा छन् । 

 

प्रतिक्रिया दिनुहोस