सिरहा । सिरहासँग सिमा जोडीएको भारतीय बजार जयनगर नजीकै एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षिय दुखरण महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै पानीमा शव फेला परेको हो ।
महराको धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको बताइएको छ ।
महरा बिहिवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेष्ठो छोरा विमल महराले जानकारी दिए ।
उनी मोटरसाइकल किन्ने विषयमा आमासँग विवाद भएर निस्केको समेत बताएका छन । बिहान वेवारीसे अवस्थामा भेटिएको उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्वरको आधारमा उनी नेपाली भएको भन्ने जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेरको बताइएको छ । त्यसैको आधारमा घर परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।
घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको एक श्रीमती, ३ छोरा र एक छोरी रहेको जनाएको छ । प्रहरीले घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा थप जानकारी लिने कार्य भईरहेको जिल्ला प्रहरी सिरहाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु