सिरहा । सिरहासँग सिमा जोडीएको भारतीय बजार जयनगर नजीकै एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षिय दुखरण महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै पानीमा शव फेला परेको हो ।
महराको धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको बताइएको छ ।
महरा बिहिवार घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केको उनको जेष्ठो छोरा विमल महराले जानकारी दिए ।
उनी मोटरसाइकल किन्ने विषयमा आमासँग विवाद भएर निस्केको समेत बताएका छन । बिहान वेवारीसे अवस्थामा भेटिएको उनको पकेटमा भेटिएको डायरीमा लेखिएको नम्वरको आधारमा उनी नेपाली भएको भन्ने जानकारी पाएपछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेरको बताइएको छ । त्यसैको आधारमा घर परिवारले जानकारी गराएको प्रहरीले बताएको छ ।
घटना थाहापाएपछि घरमा रुवावासी चलेको छ । मृतक महराको एक श्रीमती, ३ छोरा र एक छोरी रहेको जनाएको छ । प्रहरीले घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा थप जानकारी लिने कार्य भईरहेको जिल्ला प्रहरी सिरहाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु