काठमाडौं । शनिवार विहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन् । काठमाण्डौबँट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो ।
अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले स्थानीबासीलाई उदृत गर्दैभुमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिकको मृत्यु भएको बताए । उनका अनुसार घाईतेहर्रु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
३ जनाको मध्येम खालको छ । उनीहरु ५ जनालाई रिफर गरि बुटवल तर्फ पठाईएको छ । अन्य ६ जनाको अवस्था सामन्य रहेको छ । हाईस सडकबाट करिव सय मिटर तल खसेको बताईएको छ । घटना स्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली उद्धारमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ भदौ २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते