कोरोना अपडेट : थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १६ : २२
कोरोना अपडेट :  थप १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २२४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ७७३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३५७ जना र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस