एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अब काठमाडौंको मीनभवनमा

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १३ : ५७
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अब काठमाडौंको मीनभवनमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय केन्द्रीय कार्यालयको  टुंगो लागेको छ । कार्यालय अब काठमाडौंको मीनभवनमा रहने भएको छ ।

गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

प्रतिक्रिया दिनुहोस