काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।हालसम्म पीसीआर विधिबाट ७ लाख ६५ हजार ९१४ जना र एन्टीजेन विधिबाट ८४ हजार २९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।
यही अवधिमा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४-२ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ बाट थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १।५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख १ हजार ७०० जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो मात्रा र ४६ लाख ७७ हजार ७९६ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
विश्वभर बढे कोरोना संक्रमित, सतर्कता अपनाउन आग्रह
चीनमा पुनः कोरोना : अक्टोबरमा २४ जनाको मृत्यु