अन्जु पन्तको "जता जता दियो बाल्छु"

बुधबार, ०५ बैशाख २०७५, २० : ५१

काठमाण्डौ l नेपाली मोडलिंग क्षेत्रमा सफलता हातपार्दै दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी सफल मोडल सिर्जना पौडेलको  निर्देशनमा तयार  भएको दोश्रो म्युजिक भिडियो "जता जता दियो बाल्छु..." बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नेपाली सांगीतिक आकाशको चर्चित गायक गायिकाहरुको आवाजमा रहेका बिभिन्न गीतहरुमा अभिनय गरिसकेकी मोडल पौडेलको  अन्जु पन्तको "म संग तिमीले" , प्रमोद खरेलको "खै कसररी बोलाउ मैले" ,श्रीयशी चेम्जुंगको "यो संसारैमा"र  टिका पुनको  "दशी आयो तिहार आयो" बोलको म्युजिक भिडियोहरु सफल भिडियो अन्तर्गत पर्दछन । त्यस्तै यस्तै सफलता पाउने आशाको साथ् मोडल सिर्जनाको अभिनय र निर्देशन रहेको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

गन्तब्य एल्बममा समावेस यस गीतमा रचनाकार प्रकाश के सीको शब्द रचना र  संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेको यस गीतमा अन्जु पन्तको स्वोर सुन्न सकिने छ भने भिडियोमा सिर्जना पौडेलको साथमा मेल मोडल बुध्हबिर थापालाई फिचर गरिएको छ । आफ्नै निर्देशन र आफ्नै अभिनयमा काम गर्न झन् सजह हुने उनको भनाई रहेको छ ।  राजधानी आसपास छायांकन गरिएको यस भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको सिनेमाटोग्राफी र मिलन  बि कको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस