यसरी भाबुक भए प्रचण्ड बाँदरमुडे को घटना सम्झदै (भिडियो सहित)

सोमबार, १८ मंसिर २०७४, १९ : १०

चितवन । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्दमा भूलवस भएको बादरमुढे घटनालाई राजनीतिक लाभका लागि उपयोग गरिएको बताएका छन् । चितवनको माडी नगरपालिकाको बसन्तपुरमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बादरमुढे घटनालाई उछालेर फÞाईदा लिन खोजिएको बताए । ‘जनयुद्दको जगमा नै गणतंत्रको स्थापना भएको हो, संबिधान सभाबाट संबिधान बन्न सकेको हो’ उनले भने, ‘तर, त्यो क्रममा केही गल्ती पनि भएका छन, त्यसमध्ये बादरमुढे घटना सबैभंदा ठूलो र स्तब्ध पार्ने घटना थियो ।’

‘मैले र पार्टीले यो घटनामा गल्ती भएको धेरैपटक स्वीकार गरिसकेका छौं, तर कतिपयले यसलाई बल्झाई राख्न खोजे ।’


आफु पहिलोपटक प्रधानमन्त्री भएपछि पीडितहरुलाई भेटेर राहतलगायत अन्य मागहरू सम्बोधन गर्न खोजे पनि कतिपय कारणले सम्भव नभएको उनको भनाई थियो । लामो समयदेखि बिरोधमा रहेका पीडÞितहरूले आफुलाइ स्वागत गरेकोमा धन्यवाद दिदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी र अब बन्ने सरकारबाट पीडÞितहरूका माग पुरा गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन् । ‘मैले पीडÞितहरूसँग माओवादी केन्द्रको अध्यक्षको हैसियतले ३ बुँदे सहमति गरेको छु’ प्रचण्डले भने, ‘अहिले केपी वलीजीले पनि त्यो प्रतिवद्दता व्यक्त गर्नु भो, यो अब बन्ने सरकारको प्रतिवद्दता हो, विवेकसम्मत निर्णयका लागी पिडीत परिवार र माडीबासीलाई धन्यवाद दिन चाहंछु ।’

प्रतिक्रिया दिनुहोस