काठमाडौं । नेपाली कांग्रेसमा मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । यसअघि कांग्रेसले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेको छ। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री बनेका छन् भने उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन्। अब कांग्रेसले ५ मन्त्री बनाउन पाउनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा मन्त्रालयको भागबण्डामा सहमति जुटाएका छन्। एक नेताका अनुसार देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता कृष्ण प्रसाद सिटौलालाई एक–एक मन्त्री दिने तयारी गरेका छन्। ‘वरिष्ठ नेता, महामन्त्री र पूर्वमहामन्त्रीलाई एक–एक मन्त्री दिने तयारी भएको छ। यस विषयमा पनि करिब सहमति जुटिसकेको छ,’ देउवाको कोर टिममा रहेका ती नेताले भने।
यसअघि दुई मन्त्री र एक राज्यमन्त्री बनाइसकेका देउवाले आफ्नो समूहबाट थप दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यसमध्ये पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै छ। तर, थप एक जनाको बारेमा भने टुंगो लाग्न सकेको छैन।
वरिष्ठ नेता पौडेलले भने दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने तयारी गरेका छन्। तर, पौडेल पक्षले भौतिक पूर्वाधार मन्त्रालय मागेको स्रोतको दाबी छ। देउवाले आफ्नो क्याविनेटमा उपप्रधानमन्त्री नबनाउने अडान लिएका छन्। जसका कारण रिजालको मन्त्री बन्ने सम्भावना धेरै छ। नेता सिटौलाले भने उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै