ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्माहत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्माहत्या गरेकी हुन् ।
घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
ति महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर आत्माहत्या गरेको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए । महिलाले आत्माहत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोष्टमाटमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिईन् । मृतकका दुई छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ भदौ २०७८, १६ : ३६
लेखकबाट थप