लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।
उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए ।”
ढुङ्गामाटाको गाह्यो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेको केही पनि सामान नकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।
प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते