काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’
आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए।
कांग्रेसको १३औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए। उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ भदौ २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा