काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’
आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए।
कांग्रेसको १३औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए। उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ भदौ २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा