अमेरिकाको लुसियानामा आँधी : ७ लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति ठप्प

एजेन्सी

सोमबार, १४ भदौ २०७८, १५ : ५५
अमेरिकाको लुसियानामा आँधी : ७ लाख भन्दा बढी घरमा बिजुलीको आपूर्ति ठप्प

एजेन्सी । अमेरिकाको लुइसियाना प्रान्त आँधीले नराम्रोसँग प्रभावित बनेको छ। आइडा नामक आँधीका कारण न्यू आलिस शहरमा बिजुली आपुर्ति समेत ठप्प भएको छ ।

आँधीका कारण लुजियानामा भीषण वर्षा भएको छ। भारी वर्षापछि सर्वसाधारणको घरभित्रै पानी पस्न सुरु भएको समाचार एजेन्सीहरुले जनाएका छन्।

हाल सम्म १५ हजार मानिस आश्रय स्थलमा शरण लिएका छन्। आइतबार साँझ अत्यन्त तीव्र गतिमा प्रवेश गरेको आँधी अहिले केही मत्थर भए पनि ठूलो क्षति पुर्याउने सम्भावना रहेको बताइएको छ।

१६ बर्ष अगाडि उक्त क्षेत्रमा क्याटरिना नामक आँधीबेरीले तहस नहस बनाएको थियो।क्याटरिनाले १ हजार ८ सय मानिसहरुको ज्यान गएको थियो भने एक सय अर्ब डलरको नोक्सान पुर्याएको थियो। १६ बर्षमा पुनः समुन्द्री आँधिबेरी आइडा आएको हो।

अहिले सम्म लुजियानाको शेल समुन्द्रीतटमा छाल ८ फिट माथि पुगिसकेको राष्ट्रिय आँधीबेरी केन्द्रले जनाएको छ। लुजियानाको न्यूओर्लियन्स शहरमा बाढी आउने चेतावनी दिईएको छ। लुजियानाकै ब्रेथवेटमा पनि बाढी आउने भएकोले आकस्मिक सूचना जारी गरिएको छ।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस