गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट सुरु हुने

सफल खबर संवाददाता

आइतबार, १३ भदौ २०७८, १३ : १०
गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट सुरु हुने

काठमाडौं । गुण एयरलाइन्सको हवाई सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई सेवा सुचारु गर्ने तयारी अनुसार काम तिब्र रहेको गुण एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले बताए ।

उडानको सुरुवातमा काठमाडौबाट पोखरा, भरतपुर र तुम्लिङटारमा हुने भएको छ । काठमाडौंबाट थप सिमरा, भैरहवा, जनकपुर, नेपालगञ्ज र विराटनगरका लागि उडान गर्ने गरी तयारी गरिएको छ । आफूहरु यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने थापाले बताए ।

कोभिड महामारीकाबीच आफूहरु नेपाली यात्रुका लागि सेवा दिन तयार रहेको र वर्तमान हवाई भाडादरको चर्को प्रतिस्पर्धामा आफूहरु पनि उत्रेर गुणस्तरीय हवाई सेवा दिन तयार रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस